अपराध
त्रिभुवन विमानस्थलमा मलद्वारमा एक किलो सुन लुकाएर ल्याउने पक्राउ
०

काठमाडौँ, भदौं २६-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट प्रहरीले करिब एक किलो सुनसहित तीन जनालाई पक्राउ गरेको छ ।
हिमालय एयरलाइन्सको उडानबाट दुबईबाट आएका काभ्रेका बाबुलाल दोङसहित तीन जना काठमाडौैं प्रहरी परिसरले पक्राउ गरेको हो ।
दोङले उतैबाट सुन बोकेर आएका थिए । त्यसको व्यवस्थापन गर्न खटिएका अन्य दुई जना भने काठमाडौंमै थिए । दोङसँगको सम्पर्क खुलेपछि दुई जनालाई पनि पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एक अधिकारीले बताए । प्रहरीका अनुसार दोङले सुन मलद्वारमा लुकाएर ल्याएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























