चितवन विशेष

बन्जारा बन्जाडे समाज चितवनको साधारणसभा

Banner

चितवन, भदौँ २५–

बन्जारा बन्जाडे समाज नेपाल चितवन जिल्ला कार्यसमितिको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । पूर्वी चितवनको मनि खोला पार्कमा तीज विशेष कार्यक्रमसहित समाजले साधारण सभा सम्पन्न गरेको हो ।

अध्यक्ष रमेश बन्जाराको सभापतित्वमा सम्पन्न कार्यक्रममा समाजका केन्द्रीय अध्यक्ष गीता बन्जारा प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि बन्जाराले बन्जाडे र बन्जारा एउटै भएको र २०४८ बाट यसको तथ्याङ्क राख्न शुरु गरिएको र हालसम्म देशभर करीव ५० हजार रहेको जानकारी दिनुभयो । देशभरका बन्जाराहरुलाई अझ गोलबन्द गरि एउटा भवन निर्माण गरिने उहाँले बताउनु भयो । उहाँले पाटन अस्पतालमा नेपाल मानव सेवा केन्द्रसंग समन्वय गरि न्यूनतम एक महिना निःशुल्क सेवामा कोशीस गर्ने बताउनु भयो ।

कार्यक्रममा जिल्ला अध्यक्ष रमेश बन्जाराले बंसजलाइ खोजि गरि जिल्लामा हिजो केहि धुरी भएकोमा आज करीव ४० धुरी भई सकेको बताउनुभयो । अझै कतिपय सम्पर्कमा नआएको हुन सक्ने भएकाले उनीहरुलाई समेत खोजेर जोड्नुपर्ने बताउनुभयो । जिल्लाले समाजलाइ चलायमान बनाउन हरेक महिना एक दिन भेला गरि आपसि सहयोगको लागि मासिक ५०१ रुपैयाँ जम्मा गरेको पनि जानकारी दिनु भयो ।

उहाँले समाजका कुनै पनि सदस्यका छोरा छोरीले एसईई र १२ कक्षामा ‘ए’ प्लस ल्याउने विद्यार्थीलाइ तथा जेष्ठ नागरिकलाइ सम्मान गर्ने पनि जानकारी दिनुभयो । साथै यस वर्ष कक्षा १२ मा प्लस ‘ए’ भन्दा माथि उत्कृष्ट नतिजा ल्याउन सफल रत्ननगर १२ का विरेन्द्र बन्जाराका छोरा आशिष बन्जारालाई सम्मान गरिएको थियो । साथै आशिष बन्जाराले उपस्थित सबैलाइ स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा जेष्ठ नागरिक पूर्व शिक्षक समेत रहेका लोकनाथ बन्जारालाइ पनि मायाँको चिनो सहित सम्मान गरिएको थियो । कार्यक्रममा समाजका कोषाध्यक्ष कमल बन्जाराले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम संस्थाका सचिव देवी वन्जाराले सन्चालन गर्नु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>