चितवन विशेष

चितवनमा १९ हजार बढी क्रियाशिल सदस्यहरुले गरे कांग्रेसको सदस्यता नविकरण

Banner

चितवन, भदौं २३-

नेपाली कांग्रेस चितवनका १९ हजार बढी क्रियाशिल सदस्यहरुले पार्टी सदस्यता नविकरण गरेका छन् ।

नेपाली कांग्रेस चितवनको जिल्ला सम्मेलनमा सचिव ध्रुव पोखरेलले पेस गरेको प्रतिवेदनमा सो उल्लेख गरिएको छ ।

पार्टीले सञ्चालन गरेको हरेक अभियानमा वडा तहसम्म प्रतिनिधि खटाइ जनताका आवाज सुन्ने वातावरण मिलाइएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘प्रारम्भिक तथ्याङ्कअनुसार अहिलेसम्म साबिकको २८ हजार २०० क्रियाशिल सदस्यमध्ये १९ हजार भन्दा बढी क्रियाशिल सदस्यहरुले सदस्यतानविकरण गराएका छन् ।’

सचिव पोखरेलले चितवन र नेपालीकांग्रेसको नेतृत्वकाबारे समीक्षा गरेका छन् । पार्टी अधिवेशनमा देखिएको राप र ताप एवम् लगतैको स्थानीय निवाचनमा गरिएको टिकट वितरण प्रक्रियाको असन्तुष्टि, सत्ता केन्द्रितचुनावी गठबन्धनले उतारचढाव गरेको उल्लेख गरेका छन् । उनले २५ बँुदे सांगठनिक प्रगति पेश गरेका छन् । जिल्ला कार्यसमितिको २३ वटा, कार्यसम्पादन समितिको १७ वटा, संसदीय समितिको ३ वटा र पदाधिकारी सहितविभिन्न वैठक २० वटा गरी जम्मा ६३ वटा वैठक सम्पन्न भएको उल्लेख गरेका छन् । पोखरेलले पेस गरेको निर्वाचनका विषयमा कुशासन, भ्रष्टचार, मंहगी र बेरोजगारीका कारण नागरिकहरुमा व्यापक आक्रोश र अधैर्यता बढ्दै गएको बताइएको छ ।

राज्यले अंगिकार गरेका निर्वाचन प्रणाली प्रतिजनतामा चरम असन्तुष्टि देखिएको बताउँदै प्रतिनिधिसभालाई प्रत्यक्ष निवार्चित सांसद र राष्ट्रिय सभामा समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत चुनिएका सांसदहरुको प्रतिनिधित्व गराउने , पार्टीको तर्फबाट उमेदवार छनोट गर्दा लोकप्रियताको स्थापितका आधारमा छनोट गर्ने, हरेक निकायमा हुने निर्वाचनमा पार्टीको संसदीय समितिको व्यवस्था गरी सम्बन्धित संसदीय समितिवाट नै कम्तिमा एक महिना अगाडि उमेदवारको सुनिश्चितता गर्ने प्रस्ताव गरेका छन् । सांसदहरुलाई विधायकको रुपमामात्र समिति गरी मन्त्रीपरिषद् विज्ञताका आधारमा गठन गर्ने प्रतिवेदनमा उल्लेख छ । एक व्यक्ति, एक पद र एक पटकका लागि भन्ने सिद्धान्त अनुसरण गरी संसदीय प्रजातन्त्र र बहुदलीय प्रजातन्त्रको व्यवस्था र अभ्यासको माग गरेका छन् ।

जिल्ला सचिव पोखरेलले चुनावी गठबन्धनको असहज अवस्था आएको उल्लेख गरेका छन् । गठबन्धनबाट नेपालीकांग्रेसका सदस्यमा उत्साह नभएको बताउँदै निवार्चन अघिको गठबन्धनको संस्कृतिलाई अन्त्य हुनुपर्ने उल्लेख छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>