देश/प्रदेश

सामाजिक सदभाव खलबलिने त्रासले सर्लाहीमा भोलि बिहान ८ बजेसम्म कर्फ्यु

Banner

सर्लाही, भदौं २३-

सर्लाहीमा कर्फ्यु आदेश जारी गरिएको छ ।

स्थानीय प्रशासनले मलंगवा बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।

आज बेलुका ५ देखि भोलि बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

दुई पक्षबीच सम्भावित झपडपलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको उनले बताए । अहिले अवस्थामा सामान्य रहेको उनको भनाइ छ । ‘आज साँझ ५ बजेदेखि भोलि बिहान ८ बजेसम्म कर्फ्यु लगाइएको छ । अवस्था सामान्य छ’ उनले भने ।

कृष्ण जन्माष्टमीको मूर्ति विसर्जनका क्रममा शुक्रबार साँझ सदरमुकाम मलंगवामा दुई समूहबीच झडप भएको थियो । झडप नियन्त्रणमा लिनका लागि प्रहरीले अश्रुग्यास प्रहार र हवाईफायर गरेको थियो ।

सोही विषयमा शनिबारै जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय÷सर्वपक्षीय समन्वय बैठक बसेको थियो । बैठकबाट धार्मिक, जातीय, सांस्कृतिक सद्भाव कायम राख्न सार्वजनिक अपिल गरिएको थियो ।

यस्तै, सामाजिक सद्भावमा खलल पु¥याउने गतिविधि नियन्त्रण गर्न हरेक उपाय अपनाउने बैठकबाट निर्णय गरिएको प्रजिअ यादवले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>