चितवन विशेष

गुरुकुल मावि का विद्यार्थीहरुलाई बोल्ने कला सम्बन्धी प्रशिक्षण

Banner

चितवन, भदौ २१-

भरतपुर ९ मा अवस्थित गुरुकुल मावि का विद्यार्थीहरुलाई जीवनमा कसरी अगाडि बढ्ने भन्ने बारेमा बोल्ने कला सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कक्षा ११ का व्यवस्थापन विषयका विद्यार्थीहरुलाई जीवनसँग जोडेर निर्धक्कसँग आफ्नो विचार कसरी राख्ने र जीवनका अप्ठ्याराहरूसँग कसरी जुध्ने भन्ने विधि बारे प्रशिक्षण प्रदान गरिएको हो ।

बोस्टन कलेजका नीशा पटवारी र ईन्जिनियर सुजितकुमार लिबीद्वारा प्रशिक्षण दिइएको उक्त कार्यक्रममा १३५ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो। उक्त कार्यक्रममा आफ्नो विशेष मन्तव्य राख्दै गुरुकुल कलेजका शैक्षिक निर्देशक सिर्जन अविरलुले विद्यार्थीहरूलाई आजको संसारमा टिक्न र बिक्न सक्ने बनाउन यस्ता कार्यक्रमहरूको आयोजना गरिएको कुरा व्यक्त गर्नुभयो।

कार्यक्रम संयोजक सुशील रेग्मीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा कलेजका निवर्तमान प्राचार्य नवीन भण्डारीले अतिथिहरूलाई सम्मान स्वरुप कलेजका तर्फबाट मायाको चिनो प्रदान गर्नुभएको थियो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>