समाचार

मेट्स इन्टरनेशनलले मनायो १५औँ वार्षिकोत्सव

Banner

चितवन, भाद्र २१-

मेटस इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेज चितवनले देवघाटधाम स्थित रामजानकी बालिका आश्रममा खाद्यान्न सामग्री प्रदान गरेको छ । १५ औ वार्षिकोत्सवको अवसरमा चामल, तेल लगायतको खाद्यान्न सामग्री प्रदान गरेको हो । सामाजिक उत्तरदायित्व बहन गर्दै खाद्यन्न सामग्री वितरण गरेको र्सस्थाका चितवन म्यानेजर प्रकाश पौडेलले जानकारी दिनुभयो ।

मेट्स इन्टरनेशनलले संसारभरि जस्तो सुकै परिस्थिति रहँदा पनि संख्याको आधारमा भन्दा पनि गुणस्तरीयताको आधारमा बिद्यार्थीहरुको शैक्षिक स्तर, भाषा परिक्षाको नतिजा तथा परिवारको आर्थिक अवस्थाको आधारमा सहि कलेज र बिश्वविद्यालय तथा सम्बन्धित विषयको माथिल्लो तहका लागि सहि परामर्श दिदै आएको छ।

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया,क्यानडा र बेलायत लगायतका बिभिन्न देशहरु जान चाहने बिद्यार्थीहरुलाई शैक्षिक परामर्श, भर्ना प्रकृया सहजीकरण गर्दै आएको छ । भिसा आवेदनमा सहयोग गर्नुका साथै आइएलटिएस र पिटिइका कक्षाहरु सञ्चालन गरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>