चितवन विशेष

गाईको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै नारायणी किनारमा भदौं २३ गते धार्मिक सभा हुने

Banner

चितवन, भदौ २१-

यही भदौं २३ गते नारायणी किनारमा गाईको रक्षाको लागि धार्मिक सभा हुने भएको छ ।

गोवंश (गाई) रक्षा अभियानले आज पत्रकार सम्मेलन गरेर चितवन, नवलपुर, तनहुँ र नवलपरासीका झन्डै ९० प्रतिशतभन्दा बढी ॐ कार परिवारको भावनाअनुसार सभा गर्न लागिएको बताएको हो ।

भदौं २३ गते शनिबार १२ बजे नारायणी किनारमा हुने सभामा नेपालका महत्वपूर्ण पीठका पीठाधीश, सन्त, महन्त, हरेक समुदाय र समूहलगायतको सहभागिता रहने जनाइको छ । गोवंश रक्षार्थ विशाल धार्मिकसभा प्रचारप्रसार उपसमितिका संयोजक प्रेमनिधि भारद्वाज र सभा मूल आयोजक समितिका संयोजक टंकनाथ पौडलले संयुक्तरुपमा जारी गरेको प्रेस विज्ञप्तिमा गाई हाम्रो राष्ट्रिय पहिचान भएकोले यसको संरक्षण सबैको दायित्व भएको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘ देशका विभिन्न ठाउँमा गाईको हत्या गरी महाअपराध गरिएकोमा हामीले यो कार्यक्रम गर्न लागेका हौं ।’ विज्ञप्तिमा कानुनमा गौहत्यालाई अपराध माने पनि सरकारले गाईको हत्यामा संलग्नलाई कारबाही नगरेको आरोप लगाइएको छ । आयातीत धर्मको आडमा आज गोवंशलाई हत्या गर्नु मिलेर रहेका सबै नेपाली समुदायबीच बिखण्डन ल्याउने प्रपञ्च भएको विज्ञप्तिमा आरोप लगाइएको छ । ढिलो भए पनि सरकारको आँखा खुलोस् भनेर नारायणी नदी किनारमा सभा गर्न लागिएको आयोजकको विश्वास छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>