देश/प्रदेश

संयुक्त सैन्य अभ्यासको लागि भोलि अमेरिकी वायु सेनाको विमान नेपाल आउँदै

Banner

काठमाडौँ, भदौं २०-

नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाबीच नियमित रुपमा सञ्चालन हुँदै आएको संयुक्त सैन्य अभ्यासको लागि भोलि अमेरिकी बायु सेनाको विमान नेपाल आउने भएको छ ।

भदौं २४ गतेबाट असोज १२ गतेसम्म चल्ने जोइन्ट कम्बेन्ड एक्सचेन्ज ट्रेनिङको चालिसौं संस्करणका लागि बन्दोबस्तीको सामान बोकेर सो विमान नेपाल आउन लागेको हो । त्यसका लागि अमेरिकाको सैनिक टुकडी बन्दोबस्तीका सामग्री सहित बिहीबार अमेरिकी वायु सेनाको विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम तय भएको सेनाले जनाएको छ । उक्त विमान शुक्रबार फिर्ता हुने कार्यक्रम रहेको छ ।
नेपाली सेनाका ३० जना तथा अमेरिकी सेनाका १२ जना गरी जम्मा ४२ जनाको सहभागिता रहने उक्त संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायता लगायतका विषयहरुमा अनुभव तथा ज्ञान आदानप्रदान हुनेछ ।

नेपाली सेना अमेरिका, बेलायत, भारत, चीन, श्रीलङ्का, मंगोलिया, बंगलादेश, इजरायल लगायत देशहरुका सैन्य संगठनहरुसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रति आतंकवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा सहभागी रहँदा निर्वाह गर्नुपर्ने भूमिकाहरु लगायतका विषयमा संयुक्त तालिम तथा अभ्यासहरुमा सहभागी हुँदै आएको छ ।

फाइल फोटो

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>