चितवन विशेष

चितवनकी पूर्णिमायासँग भीम उपाध्यायले माफी मागेपछि मिलापत्र,साइबर क्राइमको उजुरी पनि फिर्ता

Banner

चितवन,भदौ १७-

पूर्वसचिव भीम उपाध्यायले चितवनकी पूर्णिमाया गुरुङसँग माफी मागेका छन्। पूर्णीमायाको विवादित फोटो सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै ‘गोरु खाने धराने’ लेखेपछि पूर्वसचिव उपाध्यायविरुद्ध चितवन प्रहरीमा साइबर क्राइमको उजुरी परेको थियो।

तर उपाध्यायले सार्वजनिक रुपमा माफी मागेपछि पूर्णिमाया पनि सहमत भएर दुवै पक्षले कागज गरेका छन्। मिलापत्रपछि पूर्णिमायाले उपाध्यायविरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा दर्ता गराएको उजुरी पनि फिर्ता लिएकी छन्। उनीहरुले उक्त घटनालाई लिएर आगामी दिनमा एकअर्काबीच आरोप-प्रत्यारोपमा नउत्रिने पनि सहमति गरेका छन्। उपाध्यायले पूर्णिमायासँग आगामी दिनमा यस्ता गल्ती नदोहोर्‍याउने पनि प्रतिवद्धता जनाएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>