चितवन विशेष

चितवनकी बीना बनिन् पीएचडी गर्ने पहिलो दराई महिला

Banner

चितवन, भदौं १६-

चितवनकी बीना दराई पीएचडी गर्ने नेपालको पहिलो दराई महिला बनेकी छन् ।

भरतपुर महानगरपालिका–१५ मंगलपुरकी दराईले अमेरिकाको बोस्टनामा रहेको म्यासाच्युसेट्स विश्वविद्यालयबाट नर्सिङ विषयमा पीएचडी गरेकी हुन् । ५० वर्षीय बीना नेपाली सेनामा नर्स रहेर एक दशक बढी काम गरेपछि सेवानिवृत्त भई अध्ययनमा लागेको उनका साथी गजलकार रमेश प्रभातले नारायणी अनलाइनलाई बताए । उनले पीएचडी गरेसँगै बीना दराई महिला समुदायबाट पीएचडी गर्ने पहिलो महिला बनेकी छन् ।
बीनाले माओवादी विद्रोह चर्किएको समयमा सन् १९९६ बाट सन् २००६ सम्म नेपाली सेनामा काम गरिन् । चितवनबाट एसएलसी पूरा गरेपछि उनले महाराजगन्जबाट नसिंङ अध्ययन गरेकी थिइन् ।

दराई\दरै जाति विशेषत परापूर्व कालदेखि नेपालमा बसोबास गर्दै आएको एक आदिबासी जनजाजि हो । २०६८ को जनगणना अनुसार १७ हजार ८७९ जनसंख्यामा रहेको दरै÷दराई जातिहरु नेपालका विभिन्न जिल्लामा बसोबास गर्दै आएका छ्न् । तनहुँ, गोर्खा ,धाधिङ, पाल्पा, चितवन ,नवलपरासी ,कपिलवस्तु , कास्की ,मकवानपुर ,कैलाली,लमजुङ, दाङलगायत जिल्लाहरुमा दराई जातिको बसोबास रहेको पाइन्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>