विचार/ब्लग

क्रियाशील सदस्यता नवीकरण गर्न यसकारण ढिला भयो

Banner

रामकुमार श्रेष्ठ–

नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो प्रजातान्त्रिक पार्टी हो । प्रजातन्त्रको प्राप्ति–पुनःप्राप्तिमा सबैभन्दा ठूलो भूमिका यही पार्टीको छ । देशमा जहानियाँ राणा शासन अन्त्य गर्न मात्रै होइन, निरंकुशताविरुद्धको आन्दोलन र लामो गृहयुद्ध अन्त्य गरी शान्ति प्रक्रिया तार्किक निश्कर्षमा पु¥याउन पनि नेपाली कांग्रेसको नेतृत्वको भूमिका अग्रणी रह्यो ।

नेपाली कांग्रेसको सहमति, सहकार्य र एकताको नीतिले देशमा राजनीतिक परिवर्तन सम्भव भएको हो । तर, पछिल्लो समय यो पार्टी आफ्नै कारणले ओरालो बाटोमा लागिरहेको छ । कांग्रेसजस्तो लोकतन्त्रवादी भनिने पार्टी सुध्रिँदैन भने लोकतन्त्र पनि धरापमा पर्छ ।

कहिल्यै पनि पुरानो नहुने लोकतन्त्र, समाजवाद र राष्ट्रियता कांग्रेसको सिद्धान्त छ । लोकतन्त्र रहेसम्म यी तीन सिद्धान्त रहन्छन् । कहिल्यै पुरानो नहुने सिद्धान्त अँगाले पनि त्यसको लाभ
कांग्रेसले प्राप्त गर्न सकेको छैन । यस विचारलाई काट्ने अर्को विचार आएको पनि छैन ।

सिद्धान्तको रटान जतिसुकै लगाए पनि कांग्रेस आफैँभित्र लोकतन्त्रको अभ्यास छैन । कांग्रेसभित्र इमानको पालना, नैतिकताको ख्याल गरिएकै छैन । यही खडेरीले गर्दा नै नेपाली कांग्रेस अधोगतितिर झरिरहेको छ । पार्टी हितका लागि भनेर गरिएका सहमति लत्याएर ‘खोला त¥यो, लौरो बिस्र्यो’को व्यवहार देखाउनेहरूले गर्दा पार्टीका लागि दिलोज्यान दिएर लाग्नेहरू आज निराश छन् ।

पार्टी हितका लागि कहिलेकाहिँ सहमति गर्नुपर्छ, सम्झौता गर्नुपर्छ । सामुहिक हितका लागि व्यक्तिगत हितहरू त्याग्न सक्नुपर्छ, त्याग्नुपर्छ । तर, यहाँ त आफ्नो स्वार्थको लागि जे पनि सहमति गरिदिने अनि स्वार्थ पूरा भएपछि सहमतिको धज्जी उडाउने, हिजो केही सहमति नै भएको थिएन भने झैँ गरिदिने प्रवृत्ति हावी छ । पार्टीका लागि यो प्रवृत्ति ज्यादै घातक छ ।

प्रसंग स्थानीय निर्वाचनको हो । २०७९ बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै थियो । भरतपुर महानगरपालिका वडा नम्बर २ यसअघि नेपाली कांग्रेसले हारेको थियो । गठबन्धनबाट चुनाव लडिए पनि यो वडा नेपाली कांग्रेसकै भागमा पर्ने भएकोले सबै एकजुट भएर चुनाव जित्ने लक्ष्यका साथ सबैको साथ समर्थनमा ‘एकल उम्मेदवार’ तय गर्ने सरसल्लाह भयो । त्यसका लागि सबैले ज्यादै मेहनत ग¥यौँ । पर्टीको हित नै हाम्रा लागि सर्वोपरी थियो ।

वडा नम्बर २ मा एकल उम्मेदवार खडा गरी वडाध्यक्षसँगै वडा सदस्यका सबै उम्मेदवारसमेतलाई अत्यधिक मतले विजयी गराउन सबै एकताबद्ध भएर लागेका थियौँ । त्यसबेलाका पार्टी वडा सभापति मनोज रानाभाटलाई नै वडा नम्बर २ को एकल उम्मेदवार कायम गर्ने प्रयास स्वरूप सबै मिलेर गरेको प्रयत्नअनुसार ‘एक व्यक्ति–एक पद’ को सिद्धान्तसमेतलाई मान्ने निर्णय भएको थियो । जिल्ला सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जितनारायण श्रेष्ठ, महासमिति सदस्य राजकुमार राजभण्डारी, वडा नम्बर २ का निवर्तमान सभापति चामुनारायण श्रेष्ठ, क्षेत्रीय प्रतिनिधि आनन्द राउतलगायत सहभागी भएको बैठकले सभापति रानाभाटले आफ्नो पदबाट राजीनामा दिने र वडाध्यक्ष बन्न आकांक्षा देखाएका अशोक पोखरेललाई सभापति बनाउने सहमति भएको थियो ।

यही सहमतिअनुरूप नै रानाभाटले पार्टी सभापति पदबाट राजीनाम दिएर वडाध्यक्षको टिकट लिएका थिए । उनले आफ्नो पदमा पोखरेललाई आसीन गराउन उनलाई वडा समिति सदस्यमा मनोनयन गरी पार्टी सभापति उनैलाई मान्ने लिखित सहमति नै गरेका हुन् । त्यति मात्रै हो र रु रानाभाटले यही सहमतिअनुसार राजीनामा पत्र बुझाएपछि जिल्ला पार्टी सभापति राजेश्वर खनालले पनि यही सहमतिअनुसार नेता पोखरेललाई वडा सभापति नियुक्त गरेको पत्र थमाएका थिए ।

यी सबै सहमति र प्रक्रिया पूरा भएपछि नेपाली कांग्रेस वडा नम्बर २ एकढिक्का भएको हो । सहमतिअनुसारै एकल उम्मेदवार कायम गरेर सबै लागिमिली गरी चुनाव जिताएकै हो । पार्टीको हितलाई सर्वोपरी ठानी यो प्रक्रियामा सबैभन्दा बढी खटिएको थिएँ । यही बाटो नै उपयुक्त हो भनी मलगायतले वकालत गरेका हौँ ।
जुनसुकै हिसाबले पनि यसरी जाँदा पार्टीभित्र सहमति, सहकार्य र एकता कायम हुने थियो । तर, यतिका मुख्य नेताहरू मिलेर गरेको सहमति पनि कार्यान्वयन भएन भने यो पार्टीभित्र कुन खाले लोकतन्त्र बाँकी रहला ?

हाम्रो भनाइ पार्टीको हितका लागि भनी गरिएका सहमति कार्यान्वयन हुनुपर्छ । तर, चुनाव जितेपछि ती कार्यान्वयन भएनन् । अहिले पनि वडा नम्बर २ को पार्टी सभापतिको रूपमा मनोज रानाभाट नै छन् जो स्थानीय तह निर्वाचनबाट त्यस वडाको वडाध्यक्षमा निर्वाचित भए । अशोक पोखरेलले वडा सभापति पाउने भएपछि वडाध्यक्षको दाबी त्यागेका थिए । उनले पटक–पटक पार्टीहितका लागि भन्दै यो पदको दाबी त्याग्दै आएका छन् ।

यसरी लोकतान्त्रिक पार्टीमा आन्तरिक लोकतन्त्र र नैतिकता बाँकी नरहने हो भने लाखौँ जनताले यो पार्टीलाई विश्वास गरिरहनुपर्ने कारण नै के रहन्छ र १ दशकौँदेखि रगत पसिना मिसिएको यो पार्टी छोडेर बाहिर जान त सकिँदैन तर सहमति र नैतिकतका धज्जी उडाउने व्यवहार परिवर्तन नभएसम्म क्रियाशील सदस्यता नवीकरण गरेर अनैतिक कामको समर्थन गर्न पनि सकिन्न ।
अतः जबसम्म स्थानीय निर्वाचनको मुखमा गरिएका सहमतिहरू अक्षरशः पालना हुँदैनन् तबसम्म क्रियाशील सदस्यता नवीकरण गर्न सच्चा कार्यकर्तामा उत्साह आउँदैन । कार्यकर्तामा उत्साह भर्ने काम नेताको हो । नेताको नैतिकता र इमानले नै पार्टी बलियो हुने हो ।

लेखकः नेपाली कांग्रेस चितवनका नेता हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>