क्रिकेट

बहराइनले दियो नेपाललाई ३२ रनको लक्ष्य

Banner

काठमाडौं, भदौ १५-

आईसीसी महिला टी–ट्वेन्टी विश्वकप एसिया छनोट खेलमा बहराइनले नेपाललाई रनको लक्ष्य दिएको छ। मलेसियाको क्वालालम्पुर क्रिकेट मैदानमा बहराइनले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गरेको थियो।

नेपालका बलरका सामु बहराइनका ब्याटिङ चल्न सकेन। बहराइनकी कप्तान दीपिका रसङ्गीकाले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्। बहराइनलाई सस्तैमा समेट्न इन्दु शर्माले तीन विकेट, खुशी डंगोलले दुई विकेट, कविता कुँवर, पुजा महतो, रविना छेत्री बेलवासीले समान एक रएक विकेट लिएका थिए।

पहिलो खेलमा घरेलु टोली मलेसियाविरुद्ध ५ रनको रोमाञ्चक जित निकालेको नेपाली टोली आज लगातार दोस्रो जितको लक्ष्यसहित बहराइनविरुद्ध मैदान उत्रिँदैछ।

नेपालभन्दा बहराइन तुलनात्मकरुपमा कमजोर टिम हो। आजको खेल जित्दै नेपाल सेमिफाइनलको सम्भावना बलियो बनाउने लक्ष्यमा छ। समूह एमा रहेको नेपालले आइतबार भुटान र सोमबार कतराविरुद्ध खेल्नेछ। यस्तै आगामी बुधबार युएईसँग खेल्ने छ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>