खेलकुद

नेपाल सितोरियो कराँते संघ चितवनमा मोहनबहादुर विष्टको नेतृत्व

Banner

चितवन, भदौं १४–

नेपाल सितोरियो कराँते संघ चितवनमा मोहनबहादुर विष्ट अध्यक्षमा चयन भएका छन् ।

चितवनका ६ पालिकाका अध्यक्ष र ४२ प्रतिनिधि तथा सितोरियो कराँतेका सिनियर गुरुहरु र खेलाडीहरु सहभागी भएको अधिवेशनले विष्टलाई अध्यक्षमा चयन गरेको हो ।

संघको उपाध्यक्षमा रुद्रबहादुर गुरुङ, सचिवमा सुदन दराई, कोषाध्यक्षमा दिपा थापा मगर रहेका छन् भने सदस्यहरुमा बुद्घिमान सेन्चुरी, राम विक्रम चौधरी, अनिल उपरकोटी, धन बहादुर गुरुङ, लक्ष्मण विक्रम चौधरी, अजय महत्तो, फुर बहादुर तामाङ, डिला राम कडेल, दिपेन्द्र श्रेष्ठ, सुरज सुनार र सुस्मिता मोक्तान रहेका छन् ।

नेपाल सितोरियो कराँते संघका केन्द्रीय सदस्य तीर्थराज श्रेष्ठको अध्यक्षतामा भएको प्रथम अधिवेशनमा चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष उत्तम गुरूङ, सोही समितिका कार्यलय प्रमुख रामजी ढकाल, भरतपुर महानगर खेलकुद विकास समितिका संयोजक विकास श्रेष्ठ, चितवन सितोरियो कराँतेका सस्थापक गुरूहरू सुधिर श्रेष्ठ , अमर श्रेष्ठ, रा.खे.प. कराँते प्रशिक्षक टार्जन श्रेष्ठले नव निर्वाचित सम्पूर्ण पदाधिकारीमा बधाइ तथा सफल कर्यकालको शुभकामना दिएका थिए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>