Breaking News

नयाँ नक्सामा नेपाललाई हेपेको भन्दै बालेनले गरे चीन भ्रमण रद्द

Banner

काठमाडौं, भदौ १४-

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले चीनले नयाँ नक्सामा नेपाललाई हेपेको भन्दै चीन भ्रमण स्थगित गरेका छन्। उनले नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेको रुपमा आफूले लिएको बताएका छन्।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेको प्रति ध्यानाकर्षण गराएका छन्।

उनले लेखेका छन्,’केही दिन पहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ। त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुदैगरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु।’

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>