चितवन विशेष

चितवन प्रशासनले भन्योः तीजलाई तडकभडक गरेर मनाएमा कारबाही हुन्छ

Banner

चितवन, भदौं १३-

चितवन प्रशासनले हिन्दू नारीहरुको महान् चाड तीजलाई तडकभडक गरेर नमनाउन अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गरेर आउँदै गरेको तीजमा खर्चिला कार्यक्रम गरेर तडकभडक गरेमा कारबाही गर्ने जनाएको हो ।
प्रशासनले सूचनामा तडकभडकका साथ तीज मनाउँदा विकृति र सामाजिक अपराधका घटनामा प्रोत्साहन हुने भएकोले त्यस्ता कार्य नगर्न निर्देशन दिएको हो । प्रशासनले सार्वजनिक स्थल र पार्टी प्यालेसहरुमा मेला, महोत्सव आयोजना गर्दा जिल्ला प्रशासन कार्यालयको पूर्वस्वीकृती आवश्यक पर्ने सूचनामा उल्लेख गरेको छ ।

सूचनामा भनिएको छ, ‘सामाजिक शिष्टाचार, नैतिकता र अनुशासन कायम गर्ने कार्यमा जिल्लाका राजनीतिक दल, नागरिक समाज, पेशासगत संघसंस्था सञ्चारकर्मीहरु, महिला सञ्जाल र सम्पूर्ण जिल्लाबासीबाट सहयोगको अपेक्षा गरिएको छ ।’ यदि कसैले कानुनको बर्खिलाप हुने कार्य गरेमा कानुन बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>