Breaking News

आज नेपाली राष्ट्रिय क्रिकेट टोलीको अग्निपरीक्षा

Banner

काठमाडौं, भदौ १३-

नेपाली क्रिकेट इतिहासमा आज सबैभन्दा महत्वपूर्ण दिन हो। एसिया कपको डेब्यू खेलमा आज नेपालले विश्व नम्बर वान टोली एवं आयोजक पाकिस्तानसँग खेल्दैछ। नेपाल र पाकिस्तानबीचको खेल मुल्तान क्रिकेट रंगशालामा नेपाली समय अनुसार अपरान्ह सवा ३ बजे सुरु हुनेछ।

पहिलो पटक एसिया कप खेल्न लागेको नेपालले पहिलो खेलमै आयोजक तथा २ पटकको विजेता पाकिस्तानसँग खेल्न लागेको हो। एसिया कप खेल्ने नेपालको सपना दशक अगाडिदेखि थियो। यो मौका सन् २००५ मा पनि जुरेको थियो। नेपाल छनोट भयो । तर कार्गिल युद्धको कारण त्यो संस्करण नै हुन सकेन।‌

मुल्तान मैदानमा वेस्ट इण्डिजसँग भएको ३ खेलको ओडिआई सिरिज पाकिस्तानले क्लिनस्विप गरेको थियो। घरेलु मैदान र समर्थकको साथमा अनुभवी खेलाडी रहेको पाकिस्तान नै बलियो स्थितिमा छ। क्रिकेटमा नेपालभन्दा धेरै बलियो राष्ट्र हो पाकिस्तान। उसले एक दिवसीय विश्वकप, टी–२० विश्वकप र च्याम्पियन्स ट्रफी जस्ता प्रतियोगिताहरु जितिसकेको छ। भर्खरैमात्र पाकिस्तान एक दिवसीय क्रिकेटको विश्व वरियतामा एक नम्बरमा उक्लियो। अर्थात्, नेपाल विश्वको नम्बर एक क्रिकेट टीमविरुद्ध भिड्दैछ।

यो खेलमा स्वाभाविक रुपमा पाकिस्तान जीतको दावेदार हो। तर, क्रिकेट सबैभन्दा अनिश्चितताको खेल पनि हो। र, पाकिस्तान अनिश्चित क्रिकेट खेल्न कहलाएको छ। एक दिन ऊ उत्कृष्ट क्रिकेट खेल्छ भने अर्को दिन साह्रै नराम्रो पनि खेल्छ। कहिले आफूभन्दा बलियो टीमलाई सहज रुपमा हराउँछ, कहिले निकै कमजोर टीमसँग पनि लज्जास्पद हार व्यहोर्छ। यदि आज म्याचमा पाकिस्तानको कमजोर रुप प्रकट भयो भने नतिजा केही भन्न सकिन्न।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>