चितवन विशेष
भीम उपाध्यायलाई कारवाहीको माग गर्दै चितवनमा र्याली
०

भरतपुर,भदौ ११-
पूर्वसचिव भीम उपाध्यायको कारबाहीको माग राख्दै चितवनमा दबाब र्याली भएको छ । उपाध्यायले भरतपुर १६, कि पूर्णमाया गुरुङले मासु खाएको फोटो राखी ‘गोरु खाने धराने’ क्याप्सन लेखेर सामाजिक सञ्जाल फेसबुकमा राखेकोमा साइबर क्राइमको आरोपमा पूर्णमायाले उजुरी दिएकी थिइन् ।
उजुरी दिएको ३ दिन बितिसक्दा पनि प्रहरीले भीम उपाध्यायलाई पक्राउ नगरेको भन्दै आज दबाब र्याली निकालिएको हो । तमु ह्युल छोज धी गुरुङ राष्ट्रिय परिषद्को अगुवाइमा निकालिएको र्यालीका क्रममा पत्रकारसँग कुरा गर्दै गुरुङले उपाध्यायलाई कारबाही हुनुपर्ने माग गरिन् । ‘नारीलाई सम्मान नगर्नेलाई कानूनबमोजिम कारबाही हुनुपर्छ । आफूविरुद्ध कमेन्ट आउँदा कमेन्ट गर्नेहरूलाई केही नभनी उपाध्यायले आनन्द लिएर बसे ।’परिषद्ले चितवनमा न्याय नपाएसम्म निरन्तर आन्दोलन गर्ने जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























