चितवन विशेष

सेन्ट्रल फाइनान्सद्वारा देवघाटको हरिहर सन्यास आश्रमलाई २० थान ग्यासको सिलिन्डर सहयोग

Banner

चितवन, भदौं ११-

सेन्ट्रल फाइनान्स् लिमिटेड नारायणगढ शाखाले देवघाटको हरिहर सन्यास आश्रमलाई २० थान ग्यासको सिलिण्डर र एक थान ग्यास चुलो सहयोग गरेको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत फाइनान्सले आज सो सामग्री आश्रममा नै पुगेर सहयोग गरेको हो ।

सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा संस्थाको तर्फबाट शाखा प्रमुख मधुसूदन पौड्यालले आफ्नो वित्तीय संस्थाले देशको समग्र आर्थिक विकासमा पु¥याएको योगदानको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा श्रीहरिहर–संन्यास–आश्रमका १००८ स्वामी ज्ञाननन्द सरस्वती महाराज र आश्रमका विद्यार्थी र साधुसन्त, ब्रम्ह्मचारी र अन्य पदाधिकारीहरू तथा सेन्ट्रल फाइनान्स लिमिटेड नारायणगढ शाखाका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त रास्ट्रियस्तरको वित्तीय संस्थाको रूपमा विगत २६ वर्षदेखि गुणस्तरीय बैंकिङ सेवा दिँदै आएको यस संस्थाको केन्द्रीय कार्यालय कुपण्डोल काठमाण्डौंमा रहेको छ र देशभर १९ वटा शाखा एवम् भक्तपुरको सल्लाघारीमा एक एक्स्टेन्सन काउन्टर सञ्चालनमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>