Breaking News

पत्थरीको अप्रेसन गर्दा किड्नी झिकेपछि बिरामीको मृत्यु, अस्पताल र डाक्टर विरुद्ध उजुरी दिने तयारी

Banner

धनगढी, भदौ ११-

धनगढीस्थित स्वस्तिक अस्पतालमा एक जना बिरामी मृत्यु भएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरका ५५ वर्षीय ऐजनलाल चौधरी पत्थरीको अप्रेसनको क्रममा किड्नी झिकेपछि उनको मृत्यु भएको हो ।

मृतक चौधरीका भतिजा राजकुमार चौधरीका अनुसार दुबै किड्नीमा पत्थरीले गर्दा समस्या आएपछि भदौ ९ गते शनिबार बिहान बिरामीलाई अस्पताल भर्ना गरिएको थियो। उनको बायाँ किड्नीमा ११ एमएम र ९ एमएम गरी २ वटा पत्थरी थिए भने दायाँ किड्नीमा साढे ९ एमएमको पत्थरी थियो।

अस्पतालका डाक्टर जोनस तिवारीले बायाँ किड्नीको पत्थरीको अप्रेसनको क्रममा किड्नी नै झिक्दा अत्याधिक रक्तश्राव भइ बिरामीको मृत्यु भएको हो।

मृतकका भतिजा राजकुमारले भने, ‘सबै परीक्षणपछि अप्रेसनको लागि अप्रेसन थेटर लगियो। सुरुमा अप्रेसन सफल भयो भनियो तर साँझ बिरामी बेहोस भए। उनको पेट पुरै फुल्यो। बुझ्दा किड्नीको नशा काटिएर रक्तश्राव भएको रहेछ। पछि पुनः डाक्टरले अप्रेसन गरे र किड्नी नै झिकिदिए। बिरामीको अवस्था झन बिग्रियो। त्यसपछि डाक्टरले अब सकिँदैन भनेर निस्किए।’

चौधरीले अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको र सत्य तथ्य छानबिनको माग गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा अस्पताल र डाक्टर विरुद्ध उजुरीको तयारी गरेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>