क्रिकेट

एसिया कप खेल्न सन्दीप लामिछाने भोलि पाकिस्तान जाँदै

Banner

काठमाडौँ, भदौँ १०–

एसिया कपका लागि नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछाने भोलि (सोमबार) पाकिस्तान जाने भएका छन् ।

सन्दीप भोलि बिहान कतार एयरवेज मार्फत पाकिस्तान जाने भएका हुन्। सन्दीप पछिल्लो एक वर्षदेखि १७ वर्षीय एक बालिकालाई बलात्कार गरेको आरोपमा मुद्धा खेपिरहेका छन् । सोही मुद्धा आइतबार जिल्ला अदालत काठमाडौंमा पेसी हेर्दाहेर्दै नभ्याईनेमा रहेपछि सन्दीप एसिया कप खेल्न जान लागेका हुन् ।

क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले सन्दीप बिहान ११ः२० बजे कतार एरलाइन्सबाट दोहा हुँदै मुल्तान जाने जानकारी दिए । नेपाली क्रिकेट टोली एसिया कप खेल्न गत मंगलबार राती नै पाकिस्तान गएको थियो । तर सन्दीप टोलीसँग गएनन् । एसिया कप ३० अगष्ट देखि १७ सेप्टेम्बर सम्म हुनेछ ।

नेपाल, पाकिस्तान र भारत समूह ए मा छन् । समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । नेपालले १३ भदौ (३० अगष्ट) मा पाकिस्तानसँग मुल्तानमा खेल्नेछ । नेपालले भदौ १८ (सेप्टेम्बर ४) मा भारतसँग श्रीलंकाको कान्डीमा खेल्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>