Breaking News
८५ करोडमा बनेको प्रदेश प्रमुख र मुख्यमन्त्रीको आलिशान निवासको प्रचण्डद्वारा उद्घाटन
०

काठमाडौँ, भदौं १०-
ललितपुर महानगरको भैंसीपाटीस्थित नवनिर्मित प्रदेश प्रमुख तथा मुख्यमन्त्री सम्पर्क कार्यालय तथा निवासको उद्घाटन गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनिर्मित भवनको साँचो प्रदेश प्रमुख र मुख्य मन्त्रीलाई हस्तान्तरण गरेका हुन् ।
सो क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी र सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख मुख्य मन्त्रीको निवास अवलोकन समेत गरे ।
८५ करोडको लागतमा निर्माण भएको आवास भवनमा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूका लागि छुट्टाछुट्टै ब्लक निर्माण गरिएको छ । २७ रोपनी १३ आना क्षेत्रफलमा फैलिएको जग्गामा प्रदेश प्रमुख र मुख्यमन्त्रीहरुका लागि आलिशान निवास तयार पारिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























