Breaking News

विद्या भण्डारीले राजनीति गर्छु भन्दा हामी उहाँलाई निषेध गर्दैनौं, एमालेमा सधैँ वेलकम छ: ओली

Banner

विराटनगर,भदौ १०-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई राजनीति गर्न कसैले नरोक्ने बताएका छन् । कोशी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै ओलीले भण्डारीलाई राजनीति गर्न कसैले नरोक्ने बताएका हुन् ।

ओलीले भने, ‘उहाँले राजनीति गर्छु भन्दा रोक्ने को हो? कसले रोक्छ?  कसरी रोक्छ?  हामी उहाँलाई निषेध गर्दैनौं ।’ पार्टीमा काममा सक्रिय हुने चाहना देखाए कसैले निषेध नगर्ने ओलीले बैठकमा नेता-कार्यकर्तामाझ प्रष्ट्याएका छन् ।

‘उहाँलाई हामी निषेध गर्दैनौँ । उहाँ आएर राम्रो नेतृत्व गरे ठीक छ । उहाँ आउँछु त भन्नुपर्‍यो । उहाँलाई सधैँ वेलकम छ’, ओलीले भने । एमाले नेताहरूले भेट्दैमा अनावश्यक हल्ला चलाउनु राम्रो नभएको ओलीले बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>