खेलकुद

चितवनमा आजदेखि फुटबलको सात दिने एएफसी ‘सि’ कोचिङ कोर्ष सुरु

Banner

चितवन, भदौं १०-

चितवनमा एएफसी ‘सि’ कोचिङ कोर्ष सुरु भएको छ ।

चितवन जिल्ला फुटबलको आयोजनामा आज (आइतबार) बाट प्रशिक्षण सुरु भएको हो ।

प्रशिक्षणको आज एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले उद्घाटन गरेका हुन् । कार्यक्रममा उपप्रमुख अधिकारीले राष्ट्रका लागि खेल्ने खेलाडीहरुको भविष्य सुनिश्चित हुन नसक्नु चिन्ताको विषय भएको बताए । यसका लागि सबै तहको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो ।

महानगर खेल क्षेत्रको विकासमा गम्भीर भएर अघि बढिरहेको उनको भनाइ थियो । उनले कोचिङ कोर्षको सफलताको कामना गर्दै यसले चितवनको फुटबल विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

चितवन जिल्ला फुटबल संघका अध्यक्ष कृष्ण कार्कीले चितवनले प्रशिक्षक उत्पादनमा पनि जोड दिइरहेको बताए । उनले प्रशिक्षणबाट ‘सी’ लाइसेन्स प्राप्त गर्ने प्रशिक्षकहरुलाई प्रशिक्षणको अवसर प्रदान गर्नका लागि स्थानीय तहसँग समन्वय गरिने समेत बताए । कार्यक्रममा भरतपुर–७ का वडाध्यक्ष राजेन्द्रमणि काफ्ले, सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिका प्रिन्सिपल यज्ञबिलास पौडेल (वाइबी) लगायतले बोलेका थिए ।

भरतपुर–७ स्थित कृष्णपुरको मैदानमा हुने एक साता चल्ने प्रशिक्षणमा २८ जना सहभागी छन् । जसमा चितवन जिल्ला भित्र २२ जना रहेका छन् भने अन्य ६ जना बाहिरी जिल्लाका हुन् । जसमा पूर्वराष्ट्रिय खेलाडी रविन श्रेष्ठ, दिलिप क्षेत्रीलगायत छन् । उनीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का टेक्निकल डाईरेक्टर हरि हड्का र हेड अफ कोच एजुकेसन सन्जित सिंहले प्रशिक्षण दिनेछन् । चितवनमा यस अघि २०७८ फागुनमा ‘डी’ लाइसेन्सका लागि कोचिङ कोर्ष भएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>