Uncategorized

युवासंघ भरतपुर महानगर कमिटिको अध्यक्षमा राम कार्की

Banner

चितवन, भदौ ९-

नेकपा (एमाले) निकट राष्ट्रिय युवासंघ भरतपुर महानगर कमिटिको अध्यक्षमा राम कार्की चयन भएका छन् । भरतपुरमा आज (शनिवार) भएको अधिवेशनले कार्कीको अध्यक्षतामा ५१ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । उपाध्यक्षमा सागर बम्जन, सचिवमा रामचन्द्र भट्ट, कोषाध्यक्षमा सृजना दवाडी, सह सचिवमा गगन गुरुङ र दिपक घिमिरे चयन हुनुभएको छ । त्यस्तै पदाधिकारी सरह सदस्यमा ६ जनालाई चयन गरिएको छ । जसमा उत्यल अर्याल, ज्ञान बहादुर तामाङ, गोविन्द ढकाल, गोविन्द ढकाल (२), इन्द्र रेग्मी र प्रदिप बोटे रहेका छन् । त्यस्तै सचिवालय सदस्यमा राजन थापामगर, आयूष अर्याल, हरि खड्का, शोभा न्यौपाने रहनुभएको छ ।

यवा संघले युर्थफोर्स विभाग प्रमुखमा सागर बम्जनलाई चयन गरको छ । त्यस्तै साइबर सर्कल विभागमा दिपक घिमिरे, महिला विभाग प्रमुखमा शोभा न्यौपाने र युवा परिषद् विज्ञ प्रमुखमा उत्यल अर्याललाई छनोट गरिएको छ । नगर सदस्यमा विवस गुरुङ, मैना बराली, रेशम पौडेल, नविन केसी, सुदिप थापा, सन्दिप पौडेल, अन्जान वस्नेत, विष्णु अमगाई, विमर्श घिमिरे, शाहील लारा, रोजिना भट्टराई, निशा, आलेमगर, कमल घिमिरे, विजन विक, पवन कुमार रानामगर, सक्षम दवाडी, अभिषेक अधिकारी, सौगात बोटे, अमित अधिकारी, सानोबाबु अर्याल, सिताराम पौडेल, भिमप्रसाद शर्मा रहनुभएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>