चितवन विशेष

मुग्लिन-नारायणगढ सडक दुई तर्फि नै सञ्चालनमा

Banner

चितवन, भदौ ०९-
पहिरोको कारण अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडक दुई तर्फि नै सञ्चालनमा आएको छ । बर्षाका कारण पहिरो खस्दा यस सडक खण्डको नाम्सि पुल नजिकै एक तर्फि सञ्चालनमा रहेको थियो । आज दिउँसो सवारी साधनलाई दुई  घण्टा  रोकेर पहिरो हटाएपछि साँझ ५ः४५बाट दुई तर्फि सञ्चालन गरिएको सडक डिभिजन भरतपुरका सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिए । यातायात दुई तर्फि नै सञ्चालनमा ल्याउनका लागि ३ वटा मेशिन प्रयोग गरिएको थियो । यस स्थानमा पटक पटक पहिरो जाँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>