चितवन विशेष

नेपाली कांग्रेस कसैको इशारामा चल्ने पार्टी होइन: केन्द्रीय सदस्य भट्टराई

Banner

चितवन, भदौं ९-

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोबिन्द भट्टराईले कांग्रेस कसैको इशारामा नचल्ने बताएका छन् ।

नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र न २ ‘ख’ चितवनले शनिबार भरतपुरमा गरेको प्रदेश सभा सम्मेलनमा बोल्दै नेता भट्टराईले नेपाली कांग्रेस गहिरो इतिहास बोकेको पुरानो पार्टी भएकोले हाम्रो पार्टी कसैको इशारा र ललिपपमा नचल्ने बताएका हुन् ।

कार्यक्रममा भट्टराईले कांग्रेसको अगाडि अब कुनै पनि दलको तागतले काम नगर्ने प्रष्ट पारे । नेपाली कांग्रेस पहरो हो, पहरोसँग कसैले कुहिनो ठोक्न गयो भने ऊ आफँै घाइते भएर अस्पताल भर्ना हुनु पर्छ भट्टराईले भने, ‘हाम्रो पार्टीसँग पनि जोरी खोज्नेहरुको हालत त्यस्तै हुन्छ ।’

सम्मेलनमा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले नेपाली कांग्रेसको राजनीति अब नयाँ शिराबाट अगाडि बढ्ने बताए । कांग्रेस अब नयाँ शिराबाट राजनीतिसँगै सामाजिक काम गर्न चाहन्छ खनालले भने,‘अबको हाम्रो राजनीति समाज केन्द्रित हुनेछ ।’

त्यस्तै भरतपुर महानगर सभापति चित्रसेन अधिकारीले कांग्रेस अब आफ्ना कमीकमजोरीहरुलाई सुधारेर जान आवश्यक रहेको टिप्पणी गरे । हाम्रा बीचमा थुप्रै कमीकमजोरीहरु छन, बेलैमा ती कमीकमजोरीहरुलाई सच्याएर अगाडि बढ्न सकिएन भने त्यसले कालान्तरमा ठूलो दुर्घटना निम्त्याउन सक्ने तर्क राखे । सम्मेलनमा सचिवको प्रतिवेदन कृष्ण बिलास अधिकारी र कोषाध्यक्षको प्रतिबेदन राजकुमार रावतले प्रस्तुत गरेका थिए ।

सम्मेलनमा नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, भरतपुर २ का वडा सभापति मनोज रानाभाट, ७ का सभापति बिनोदबाबु ढकाल, १२ का सभापति चित्रबहादुर भण्डारीलगायतले मन्तव्य राखेका थिए ।

नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र न २ ‘ख’ का सभापति रोशन शाही ठकुरीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिब रविभद्र शर्मा खनालले गरेका थिए । कांग्रेसले वडा, पालिका हुँदै क्षेत्रको सम्मेलनहरु गरिरहेको छ भने भदौ २३ र २४ गते जिल्ला सम्मेलन गर्ने तयारी गरेको छ । भदौ २७ गते नेपाल महिला संघ जिल्ला कार्यसमिति चितवनले महिलाहरुलाई लक्षित गर्दै तिज विशेष कार्यक्रम गर्दैछ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>