Breaking News

संविधानले गाइगोरु काट्न पाइँदैन भनेर स्पष्ट भनेको छ, कानुन मान्दिनँ भन्न पाइँदैनः रवि 

Banner

काठमाडौं, भदौ ९-

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गाईगोरु काट्न संविधान र कानुनले बर्जित गरेका कारण कसैले पनि मान्दिनँ भन्न नपाइने बताएका छन्। शनिबार पार्टीको काठमाडौं टोखा नगर भेलालाई सम्बोधन गर्दै उनले गाईगोरु काट्न संविधान र कानुनले बर्जित गरेका कारण कसैले पनि मान्दिनँ भन्न नपाइने बताएका हुन् ।

उनले धरानमा गाइगोरु काटेर संविधान उल्लंघन गर्दै जातीय सद्भाव भड्काउन नहुने बताए।

‘आज जातीय सद्भाव भड्काउन पाइयो भनेर भ्रष्टाचारका काण्डहरू सामसुम हुन्छ भनेर त्यतातिर आगो झोसिरहेका छन्। त्यो आगोमा म पेट्रोल मट्टीतेल हाल्दिनँ। पानी छ भने हाल्छु। नेपालको कानुनलाई मिच्न पाइँदैन। संविधानले गाइगोरु काट्न पाइँदैन भनेर स्पष्ट भनेको छ। कानुनी रूपमा बर्जित गरिएको काम गर्न पाइँदैन। कानुन मान्दिनँ भन्न पाइँदैन,’ उनले भने।

सभापति लामिछानेले सबै जातजाति मिलेर बनाएको संविधान मान्दिनँ भन्न नहुने बताए। उनले एक अर्काबीचमा बैमनश्यता खडा गरेर राजनीतिको रोटी सेक्ने काम नगर्न चेतावनी दिएका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>