Breaking News
मुग्लिननजिक नाग्दी खोलामा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
०

चितवन,भदौ ८-
पृथ्वी राजमार्गको मुग्लिननजिक इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा पहिरो गएको छ । शुक्रबार साँझ ६ः४५ बजेतिर गएको पहिरोका कारण राजमार्ग दुईतर्फी रूपमा नै अवरूद्ध छ ।
अहिले सडक डिभिजन कार्यालयसंग समन्वय गरेर पहिरो हटाउने तयारी भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरोका कारण काठमाडो जाने आउने गाडीहरू ठप्प भएका छन् । यो सडक राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वि राजमार्गको चितवन खण्ड पटक–पटक अबरुद्ध हुने गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























