चितवन विशेष

भरतपुरको नहरचोकमा मोटरसाइकलले ९१ वर्षीय बृद्धलाई ठक्कर दियो,उपचारका क्रममा मृत्यु

Banner

चितवन,भदौ ७-

चितवनको भरतपुर स्थित बाइपास सडकको नहर चोकमा मोटरसाइकलको ठक्करबाट ९१ वर्षीय बृद्धको मृत्यु भएको छ । अल्फाबेट नखुलेको ५०५२ नम्बरको मोटरसाइकलले सडकमा हिडिरहेका बृद्धलाई ठक्कर दिएको हो ।

मोटरसाइकलको ठक्करबाट घाइते भरतपुर ११ पारिजात टोल निवासी ९१ वर्षीय बृद्ध बेद प्रसाद सापकोटाकोे पुरानो मेडिकल कलेजमा उपचारका क्रममा अपरान्ह ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

ठक्कर दिने मोटरसाइकल चालक फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । शव पोष्टमाटमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>