चितवन विशेष

विद्यार्थीको आत्मविश्वास बढाउन गुरुकुल कलेजमा पब्लिक स्पिकिङ

Banner

चितवन, भदौं ७-

भरतपुरको गुरुकुल कलेजमा विद्यार्थीको आत्मविश्वास बढाउन पब्लिक स्पिकिङ कार्यक्रम गरिएको छ ।

कक्षा ११ र १२ का विद्यार्थीहरूलाई लक्षित गरेर कलेजले सो कार्यक्रम गरेको हो ।

प्रखर युवा वक्ता प्रसमा पौडेलले दुई दिन लगाएर विद्यार्थीलाई उद्घोषण कला र व्यक्तित्व विकाससम्बन्धी तालिम दिएकी हुन् । जसले युवा सशक्तिकरणका लागि धेरै कार्यक्रमहरू आयोजना गरिसकेकी छन् । उनले विद्यार्थीहरूलाई ‘किन बोल्नु पर्छ’, ‘कसरी बोल्ने, ‘कहिले बोल्नु हुँदैन, जस्ता आदि विषय समेटेर तालिम दिएकी थिइन् । उनले शब्दहरूमा मनको आवेग, जलन र निराशा निको पार्ने शक्ति हुने बताइन् ।
कार्यक्रममा उनले विद्यार्थीहरूलाई शब्दको महत्व र बोल्दा शब्दको प्रयोग र समाजमा शब्दले गर्ने परिवर्तन बारे ज्ञान दिएकी थिइन् । उनले विद्यार्थीलाई समूहमा विभाजन गरेर कार्यशाला(वर्कशप) समेत गराएकीकी थिइन् ।

कार्यक्रममा कलेजका प्रिन्सिपल टिकाराम चापागाईंले अतिरिक्त कार्यक्रमले विद्यार्थीको व्यक्तित्व विकास हुने भएकोले यस्ता कार्यक्रमलाई कलेजले प्राथमिकता दिएको बताए । त्यस्तै गुरुकुल कलेजका शैक्षिक निर्देशक सिर्जन अविरलले विद्यार्थीको गुणात्मक विकासका लागि गुरुकुल निरन्तर लागेको कुरा जानकारी दिए भने संयोजक सुशील रेग्मीले कार्यक्रमका बारेमा आफ्नो धारणा राखेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>