चितवन विशेष
आज भरतपुरका केहि स्थानमा दिनभर विद्युत अवरुद्ध हुने
०

चितवन, भदौ ६-
भरतपुरका केही स्थानमा आज विद्युत सेवा अवरुद्ध हुने भएको छ । भरतपुर–माडी–ठोरी हुलाकी सडक अन्तरगत भरतपुरको विकासचोक देखि सिताराम चोकसम्म विद्युत पोल सार्न लागिएको हुँदा त्यस क्षेत्रमा आज दिनभर विद्युत सेवा अवरुद्ध हुन लागेको हो ।
विद्युत दिउँसो १० देखि ५ बजेसम्म अवरुद्ध हुने भरतपुर वितरण केन्द्रले जानकारी दिएको छ । ११ केभि भृकुटी फिडरको क्यान्सर अस्पतालदेखि दक्षिततर्फ विद्युत सेवा अनियमिता हुने बताइएको छ ।
हाकिम चोकदेखि गितानगर क्षेत्रमा सडक विस्तारको काम भइरहेको छ । सडकको मापदण्डमा पर्ने पोलहरु सार्न लागिएको हो । यसबाट ग्राहकहरुमा पर्न जाने असुविधा प्रति नेपाल विद्युत प्राधिकरण क्षमाप्रार्थी रहेको प्राधिकरणले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























