Breaking News

चितवनमा ९५ प्रतिशत रोपाइँ सकियो, समयमा पानी नपर्दा ढिलाइ

Banner

चितवन, भदौं ५-

चितवनमा धान रोपाइँ ९५ प्रतिशत सकिएको छ ।

चितवनका किसानले धान रोप्नका लागि प्रविधिको प्रयोग गर्न थाले पनि पर्याप्त सिँचाइको व्यवस्था नहुदा यस वर्ष धान रोप्न ढिला भएको हो ।
गत वर्ष भदौंको पहिलो हप्तासम्म १०० प्रतिशत रोपाइँ भएको थियो । यस वर्ष समयमा पानी नपर्दा रोपाइँ ढिला भएको कृषि ज्ञान केन्द्र चितवनले जनाएको छ ।

कृषि ज्ञान केन्द्र चितवनकी सूचना अधिकारी सुरुचि त्रिपाठीले भदौंको पहिलो हप्तासम्म ९५ प्रतिशत रोपाइँ भएको नारायणी अनलाइनलाई जानकारी दिइन् । उनले भनिन् , ‘ गत वर्ष यो समयमा शत प्रतिशत रोपाइँ भएको थियो तर यस वर्ष पानी ढिलो पर्दा रोपाइँ ढिला भएको छ । ’ उनले पूर्वचितवनमा रोपाइँ सकिए पनि भरतपुरमा अझै रोपाइँ बाँकी रहेको बताइन् । चितवनमा २४ हजार २४७ हेक्टर क्षेत्रमा वर्षे धानको रोपाइँ हुने गर्छ ।

चितवनमा झण्डै ७५ प्रतिशत जमिनमा सिँचाइको व्यवस्था भए पनि बाँकी जमिनमा आकाशे पानीको नै भरपर्नुपर्ने अवस्था रहेको छ । यहाँ विशेषगरी साबित्री, सावा मसुली, सावा १, स्वर्ण सव १, रामधान, हर्दिनाथ १, हर्दिनाथ ३ चैते ५, बहुगुणी १, बहुगुणी २ जस्ता धान रोप्ने गरिन्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>