Breaking News

१७ घण्टापछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

Banner

चितवन,भदौ ५-

नारायणगढ–मुग्लिन सडकखण्ड १७ घण्टापछि सञ्चालनमा आएको छ । सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै खसेको पहिरो पन्छाएर मंगलबार दिउसो १ बजेदेखि यातायात सञ्चालनमा ल्याइएको हो । पहिरो हटाएसंगै रोकिएका सवारीसाधनहरु गन्तव्यतर्फ लागेका छन् ।

पहिरो पन्छाउन चार मेसिन लगातार प्रयोग भएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले जानकारी दिनुभयो । नारायणगढ–मुग्लिन सडकखण्ड पहिराका कारण पटक–पटक अवरुद्ध हुँदै आएको छ ।

फाइल तस्विर

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>