Breaking News
नारायणगढ–मुग्लिनको पहिरो पन्छाउन अझै ५ घण्टा लाग्ने अनुमान
०

चितवन, भदौ ५-
नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउन अझै ५ घण्टा लाग्ने सडक डिभिजन भरतपुरले बताएको छ । हिजो राती करिब ८ बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको छ ।
पहिरो पन्छाउन दुई वटा मेशिन लगातार प्रयोग भइरहेको सडक डिभिजनका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले बताए । ‘हिजो राती १० बजेदेखि लगातार पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पुरै पन्छाउन अझै ५ देखि ६ घण्टा लाग्छ सक्छ’, उनले भने ।
आज यात्रा गर्न लागेका यात्रुहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























