चितवन विशेष

पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध, पहिरो हटाउन समय लाग्ने

Banner

चितवन, भदौ ०४-

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अबरुद्ध भएको छ । चितवनको इच्छाकामना गाँउपालिका–६ तोपेखोलामा आज साँझ ८ः ५ बजे पहिरो खस्दा सडक अबरुद्ध भएको हो । ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । पहिरो हटाउन डिभिजन सडक कार्यालयको एक्साभेटर तयारी अवस्थामा राखिएको छ । तर पहिरो खस्ने क्रम नरोकिएकाले पन्छाउने काम सुरु भएको छैन । ठूलो पहिरो गएका कारण पहिरो पन्छाउन केही समय लाग्ने सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिनुभयो । अहिले गन्तव्यमा हिडेका सवारीसाधन र यात्रु बाटोमानै रोकिएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले यात्रा गर्दा बैकल्पिक सडक प्रयोग गर्न अनुरोध गरेको छ । नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण पटक पटक अबरुद्ध हुँदै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>