Breaking News

गैडाकोटको अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना

Banner

चितवन, भदौ ४-

गैंडाकोटस्थित अक्सफोर्ड कलेजका चालकले गाँजा खाएर बस चलाउँदा टिकौली दुर्घटना भएको खुलेको छ । साउन ३१ गते भरतपुरबाट रत्ननगरतर्फ जाँदै गरेको अक्सफोर्ड कलेजको ना १ क ६१३१ नम्बरको बसले लास बोकेको बोलेरोसहित ६ वटा सवारी साधनलाई ठक्कर दिँदा २० जना घाइते भएका थिए ।

बस चालक गैँडाकोट नगरपालिका–९ बस्ने वर्ष २६ का आशिष परियारको चितवन मेडिकल कलेजमा मादक पदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) परीक्षण गरिएको थियो । परिक्षणपछि परियारले लापसे गरेको पुष्टि भएको सिएमसी स्रोतले जानकारी दियो ।

चालक परियारको टीएचसी परीक्षणका क्रममा लागु पदार्थ (गाँजा) सेवन गरेको पोजेटिभ देखाएको प्रहरीले जनाएको छ । उनले कहिले गाँजा खाएका थिए भन्ने कुरा एकीन नभए पनि परीक्षणमा उनले लागु पदार्थ सेवन गरेको देखिएको प्रहरीको भनाइ छ । प्रहरीले पछिल्लो समयमा कुनै दुर्घटना भएमा शङ्का लागेको अवस्थामा मादक पदार्थ सेवन र लागू पदार्थ सेवन जाँच गराउने गरेको छ । प्रहरीले दुर्घटना गराउने परियारलाई सवारी अङ्गभङ्गअन्तर्गत मुद्दा चलाएको छ ।

अक्सफोर्ड कलेजले दुर्घटनाका सबै घाइतेको उपचार गर्ने जिम्मा लिइसकेको छ भने अधिकांश घाइते निको भएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>