चितवन विशेष
रेशम चौधरी भोलि चितवन आउँदै
०

चितवन, भदौ ३–
नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी चितवन आउँदैछन् ।
पार्टीको प्रथम चितवन जिल्ला भेलामा सहभागि हुन रेशम चितवन आउन लागेका हुन् । सरकारले आममाफी दिएर जेलबाट छुटाएपछि पहिलो औपचारिक कार्यक्रममा सहभागि हुन चितवन आउन लागेका हुन् ।
पार्टीको प्रथम चितवन जिल्ला भेला भोलि (सोमबार) रत्ननगरको सौराहास्थित थारु कल्चर हाउसमा हुन लागेको छ । भेलाको तयारी लगभग पुरा भइसकेको जिल्ला भेला आयोजक समिति चितवनकी संयोजक दुर्गा पन्तले जानकारी दिइन् । उनका अनुसार रेशमसंगै पार्टी अध्यक्ष एवं भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ आउने छिन् । भेलाबाट जिल्ला कमिटी निर्माण गरिने संयोजक पन्तले जानकारी दिइन् ।
भेला विहान ११ः३० बजेदेखि सुरु हुनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























