चितवन विशेष

चितवन उद्योग संघ माडी समितिमा रमेश नेपालीको नेतृत्व

Banner

चितवन, भदौं २-

चितवन उद्योग संघ माडी समिति अध्यक्षमा रमेश नेपाली चयन भएका छन् ।

संघको आज भएको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले २०८०÷०८१ को लागि नेपालीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षहरुमा नारायणदत्त रिजाल, गोविन्दप्रसाद नेपाल सचिवमा जिताराम महतो र कोषाध्यक्षमा सुमनराज खनाल रहेका छन् । त्यसैगरी संघको सदस्यहरुमा चिरञ्जीवी बराल, कौशल्या देवी शाह, मोहनराज पोख्रेल, अर्जुन श्रेष्ठ, भारती न्यौपाने भुषाल र दामोदर देवकोटा रहेका छन् ।

महिला उद्यमी मञ्च माडी अध्यक्षमा भारती न्यौपाने भुषाल र युवा उद्यमी मञ्चमा दामोदर देवकोटा चयन भएका छन् । नव निर्वाचित पदाधिकारीहरुलाई चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले सपथ ग्रहण गराएका थिए । कार्यक्रममा माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोको उपस्थिति रहेको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>