चितवन विशेष

विभिन्न पेसामा कार्यरत भरतपुरको सप्तगण्डकी क्याम्पसका २३० जना पूर्वविद्यार्थी सम्मानित

Banner

चितवन, भदौं २-

भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसका २३० जना पूर्वविद्यार्थी सम्मानित भएका छन् ।

क्याम्पसले एक विशेष कार्यक्रमको आयोजना गरी विभिन्न संकायबाट प्रविणता प्रमाणपत्र तह, स्नातक र स्नातकोत्तर तह उतीर्ण गरी विभिन्न पेसा र क्षेत्रमा कार्यरत २३० जना विद्यार्थीलाई सम्मानित गरेको हो ।

विद्यार्थी सम्मान कार्यक्रमका संयोजक दिपकबाबु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षण पेसा, बैकिङ, निजी कम्पनीहरु र पत्रकारिता क्षेत्रका गरी २३० विद्यार्थीहरुलाई टिका र खादा लगाई मायाको चिनो र प्रमाणपत्र प्रदान गरिएको थियो । विद्यार्थीहरुलाई कार्यक्रमको अध्यक्ष श्रेष्ठले टिका, क्याम्पस प्रमुख खिम दाहालले खादा, क्याम्पस सञ्चालक समितिका अध्यक्ष टेकबहादुर थापाले प्रमाणपत्र र क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष रमाकान्त सापकोटाले मायाको चिनो प्रदान गरेका थिए ।

यस्ता कार्यक्रमले क्याम्पससँगको जनसम्पर्क अझ प्रगाढ बन्दै जाने क्याम्पसको विश्वास छ । कार्यक्रममा क्याम्पसका सहायक क्याम्पस प्रमुख केदारानाथ बरालले स्वागत मन्तव्य र पूर्वक्याम्पस प्रमुख मणिराज महतोले क्याम्पसको स्थापनादेखि आजसम्म भएका शैक्षिक उपलब्धिहरुको बारेमा अवगत गराएका थिए । क्याम्पसमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष थापा, पूर्वविद्यार्थीहरुको तर्फबाट प्रतिमा सिलवाल र प्रेम रिमालले मन्तव्य राखेका थिए । झण्डै एक महिनादेखि क्याम्पसले सूचना जारी गरेर आफ्ना विद्यार्थी समाजको कुन कुन क्षेत्रमा कार्यरत छन् भनेर अनलाइन र टेलिफोनमार्फत् जानकारी माग गरेको थियो । छुटेका पूर्वविद्यार्थीहरुलाई पुनः पछि सम्मान गर्ने कार्यक्रम रहेको क्याम्पसले जनाएको छ । कार्यक्रममा विदेशका विभिन्न विश्वविद्यालयमा प्राध्यापन गर्ने पूर्वविद्यार्थीहरुले पनि शुभकामना सन्देश पठाएका थिए ।

सन् २०१७ मा विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायनको प्रमाणपत्र (क्युएए) प्राप्त क्याम्पस नेपालकै ठूला सामुदायिक क्याम्पसहरुमध्ये सातौं नम्बरमा पर्छ । भरतपुरको नारायणी नमूनामाविको एउटा कोठाबाट विसं २०४५ सालबाट क्याम्पसले पठनपाठन सुरु गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>