चितवन विशेष
भोलि चितवन जिल्लाभर साढे २ घण्टा र क्यान्सर अस्पताल क्षेत्रमा दिनभर विद्युत अवरुद्ध हुने
०

चितवन,भदौ १-
भोलि बिहान चितवन जिल्लाभर विद्युत अवरुद्ध हुने भएको छ । बिहान ५ बजेदेखि साढे ७ बजेसम्म जिल्लाभर विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले जनाएको छ ।
भरतपुरस्थित १३२/३३/११ केभी सबस्टेसनमा १३२ केभी बसबारमा जम्पर जोड्नका लागि सबस्टेशन सटडाउन गर्न लागिएको प्राधिकरणले सूचना जारी गरेर जानकारी दिएको छ । यस्तै हाकिमचोक गितानगर हुलाकी सडक विस्तारका लागि पोल सार्ने काम गर्न क्यान्सर अस्पताल क्षेत्रमा विहान १० बजेदेखि ५ बजेसम्म विद्युत अबरुद्ध हुने जनाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























