Breaking News
एमबीबीएसका एक विद्यार्थी चितवनबाट पक्राउ, नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोप
०

चितवन, भदौ १-
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा एमबीबीएस अध्ययनरत एकजना विद्यार्थीलाई चितवनबाट पक्राउ गरेको छ ।
सीआईबीले गएराति चितवनबाट नसिम अख्तरलाई पक्राउ गरेको हो । सप्तरीको राजविराज–७ ठेगाना भएका अख्तरलाई चितवनबाट काठमाडौं लगिँदै छ ।
उनी चितवन मेडिकल कलेजमा एमबीबीएस अन्तिम सेमेष्टरमा अध्ययनरत विद्यार्थी हुन् । उनीमाथि आईएससी पास भएको सर्टिफिकेट नक्कली बनाएको आरोप छ ।
एमबीबीएस अध्ययनका लागि उनले काठमाडौंको सेन्ट जेभियर्स कलेजबाट आईएससी पास भएको सर्टिफिकेट पेस गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























