Breaking News

सौराहामा ट्याटु हानेको पैसा नदिएको भन्दै सेवाग्राहीलाई धारिलो हतियार प्रहार

Banner

चितवन, भदौ १-

रत्ननगरको सौराहामा ट्याटु हानेको पैसा नदिएको भन्दै एक व्यक्तिले सेवाग्राहीलाई धारिलो हतियार प्रहार गरेका छन् ।

भरतपुर महानगरपालिका–९ गोन्द्राङका २७ वर्षीय पुस्कर बोहोराले बिहीबार साँझा करिब सवा ४ बजेतिर कालिका नगरपालिका–४ बस्ने २९ वर्षीय विष्णु बहादुर थापालाई दाउले हानेर गम्भिर घाइते बनाएको प्रहरीले जनाएको छ ।

सौराहाको सिआरसी होटलमा गएर बोहोराले थापालाई ट्याटु हानिदिएका थिए । ट्याटु हानेको पैसा नदिएको भन्दै बोहोराले दाउ प्रहार गरेका हुन् । बोहोराले कति पैसा मागेको थिए भन्ने खुलेको छैन ।

बोहोराले थापाको ढाडमा दाउ प्रहार गरेको टाँडी प्रहरीले जानकारी दिएको छ । गम्भिर घाइते थापाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बोहोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>