Breaking News

रवि लामिछानेले भने: चर्चाका तीन काण्डको निष्पक्ष छानबिन भएमा थोरै नेतामात्रै बाँकी रहन्छन्

Banner

काठमाडौँ, साउन ३२–

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो आलोचकलाई आगामी निर्वाचनबाट जनताले जवाफ दिने बताएका छन् ।
इलाममा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्विन्टल सुन एयरपोर्टबाट बाहिरिँदा पनि सरकारले केही गर्न नसकेको बताएका हुन् ।

उनले भने, ‘यहाँ मलाई ढोका खोल्दियो भनेर पनि विवाद गरिएको छ । नेपालको एयरपोर्टमा तस्करहरुलाई क्विन्टलका क्विन्टल सुन छिराउन ढोका खोल्नेहरुको विरोध गर्नुस् । अरु ढोकाको विरोध गर्न अहिले जरुरी छैन । तीनको विरोधमा हामी उत्रिएका छौं । एयरपोर्टबाट क्विन्टलका क्विन्टल सुन छिरेको छ ।’

उनले अहिले कारबाही आएका ललिता निवास, नक्कली शरणार्थी प्रकरण र सुन प्रकरणको सत्यतथ्य छानबिन गरे औंलामा गन्ने नेतामात्रै बाँकी रहने बताए । उनले इमानदारपूर्वक छानबिन गर्न सरकारलाई आग्रह गरे ।

उनले आगामी निर्वाचनसम्म पार्टी संगठनलाई बलियो बनाएर पहिलो पार्टी बनेर देशको फोहोर सफा गर्ने बताए । जनताको मुद्दा बोल्न नसक्नेले राजनीतिबाट बिदा हुन आग्रह गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>