Breaking News

सन्दीप लामिछानेविरूद्धको मुद्दा न्यायाधीश खतिवडाको इजलासमा, सुनवाइ आज

Banner

काठमाडौं,साउन ३२- 

फैसला चरणमा रहेको सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज सुनवाइ हुने भएको छ । जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा मुद्दाको सुनुवाइ हुने भएको हो ।

प्राथमिकता क्रममा सन्दीपको मुद्दालाई पहिलो नम्बरमा नै राखिएको छ । त्यसैले अरु कुनै बहानाबाजी नभए आजबाट नियमित सुनवाइ हुन सक्ने देखिन्छ । सन्दीपका वकिलहरु भने आजै फैसला होस भन्ने पक्षमा छन् ।

यसअघि यो बहुचर्चित मुद्दामा अनेकपटक पेसी चढेर सुनवाइ स्थगित हुँदै आएका छन् । एकपटक सुनवाइ भएर पनि न्यायधीसले हेर्दा हेर्दैमा नराखेपछि बहस रद्द भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>