चितवन विशेष

डेँगी संक्रमणविरुद्ध सचेतना जगाउन भरतपुरमा र्‍याली

Banner

चितवन, साउन ३०-

भरतपुरमा डेँगी संक्रमणविरुद्ध सचेतनामूलक र्‍याली निस्केको छ ।

भरतपुरमा महानगरपालिका वडा नम्बर १२ ले आज बिहान वडाका २३ वटा टोल विकास संस्था तथा आमा समूहलाई सहभागितामा  डेँगी संक्रमणविरुद्ध सचेतना जगाउन भरतुरमा र्‍याली गरेको हो ।

भरतपुर महानगरपालिका वडा नम्बर १२ को कार्यालयबाट सुरु भएको सचेतनामूलक र्‍याली रामबेल चोक, कालिका टोल, गोन्द्राङ, आस्था चोक, जिल्ला प्रशासन चोक, मालपोत चोक, जागृति चोक, घोलबजार, मुनाल चोक, धनगढा मन्दिर, नौरङ्गे, कालिका टोल हुँदै पुनः वडा कार्यालयमा पुगेर समापन भएको थियो । सहभागीले छातीमा डेँगी विरुद्धका सचेतनामूलक भनाइहरु लेखिएका पोष्टरहरु टाँस गरेका थिए । र्‍यालीको शुभारम्भ गर्दै वडा अध्यक्ष लेखराज पन्त (हरि )ले बढ्दै गएको डेँगीलगायत लामखुट्टेको कारणले सर्ने अन्य सरुवा रोगहरुबाट बच्न र बचाउँन सरसफाइको महत्ववारे प्रकाश पार्दै सरसफाइमा एकजुट भएर लाग्न सम्पूर्ण वडावासीलाई आह्वान गरेका थिए ।

समापनका अवसरमा सहभागी सबै वडावासीलाई धन्यवाद दिँदै वडा अध्यक्ष पन्तले वडामा सचेतनाको सुरुआत भएको र अब लगत्तै प्रत्येक टोल टोलमा सरसफाई तथा सचेतनामूलक कार्यक्रम अभियानकै रुपमा थालनी गरिने भएकोले टोल टोेलको सरसफाई र सचेतनामा सहभागी हुन सबैलाई आह्वान गरेका थिए । कार्यक्रममा भरतपुर महानगरपालिकाका वातावरण शाखा प्रमुख ओमप्रसाद पाण्डेले टोल टोलमा सरसफाई गर्ने कार्यक्रम राखेर वडा नम्बर १२ ले उत्साहजनक सहभागितामा सचेतनामूलक र्‍याली सम्पन्न गरेकोमा खुसी व्यक्त गर्दै सम्पूर्ण वडावासीहरु प्रति आभार व्यक्त गरे ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>