स्वास्थ्य

नक्कली भएको आरोपमा पक्राउ परेका सक्कली डाक्टर रिहा

Banner

काठमाडौँ, साउन २९–

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली प्रमाणपत्रको आधारमा काम गरेको आरोपमा पक्राउ गरेको एक जना चिकित्सक ‘सक्कली’ प्रमाणित भएपछि रिहा भएका छन् । साउन २५ मा ब्युरोले महोत्तरीको पिपरा–८ घर भएका डा रञ्जित कुमार यादवलाई काठमाडौँबाट पक्राउ गरेको थियो ।

तर, डा यादव सक्कली चिकित्सक भएको पुष्टि भएपछि रिहा गरिएको एसपी नवराज अधिकारीले रातोपाटीलाई जानकारी दिए । यसअघि नाम जुधेको आधारमा सीआईबीले डा. रञ्जितलाई पक्राउ गरेको भेटिएको मेडिकल काउन्सिलका रजिस्टार डा. कृष्ण प्रसाद अधिकारीले रातोपाटीलाई बताएका थिए । लगत्तै काउन्सिलले नाम जुधेका दुईजना मानिस अलग हुन भनेर पत्र लेखेर पठाएको थियो ।

डा। यादव र सीआईबीको खोजी सूचीमा रहेका अर्का चिकित्सकको बुवाको नामबाहेक अरु नाम थर मिलेको भेटिएको छ । उनी जनकपुरमा पढेका हुन् ।

ब्युरोले नेपाली कांग्रेसका सांसद सुनिल शर्मा सहित ८ जनालाई नक्कली प्रमाणपत्र लिएको आरोपमा पक्राउ गरेको थियो । शर्मालाई जिल्ला अदालतले तारेखमा राखेर अनुसन्धान गर्न आदेश दिएपछि उनी रिहा भइसकेका छन् ।

यादव पनि रिहा भएपछि अब अरू ६ जना चिकित्सक सीआईबीको हिरासतमा छन् । सीआईबीको हिरासतमा शिक्षण अस्पतालमा कार्यरत डा अमित चौधरी, डा रामबाबु यादव, डा एरिना शाह, ईशान बाल अस्पतालमा कार्यरत डा। श्रद्धा शिल्पकार, मोरङबाट पक्राउ गरिएका डा मनित चौधरी र गोठाटारबाट पक्राउ परेकी डा पुनम थापा छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>