Breaking News

प्रदेश स्वास्थ्य मन्त्रालयको निर्णयः निशुल्क शैया देखि मस्तिष्का विरामीलाई निशुल्क फिजियोथेरापीसम्म

Banner

चितवन, साउन २७
बागमती प्रदेशको स्वास्थ्य मन्न्त्रालयले प्रदेश मातहतका अस्पतालका सेवालाई निशुल्क र थप सुविदा दिने निर्णय गरेको छ । प्रदेशको १३ अस्पतालका शैया निशुल्क गर्ने भएको छ । १३ जिल्ला अस्पतालका आठ सय शैया भदौ एक गतेदेखी निशुल्क हुने भएको छ । त्यस्तै मन्त्रालयले मस्तिष्कघात र हदयघातका विरामीलाई फिजियोथेरापी सेवा निशुल्क गर्ने निर्णय गरेको छ ।

विपन्न , असहायका , अपाङका लागी अनिवार्य सामाजिक सेवा अनिवार्य गनृ निर्देशन दिएको छ । प्रदेशको मन्त्री स्तरीय निर्णयले अस्पतालमा निर्णय कार्यान्वयन गारउन परिपत्र गरेको छ । अस्पतालको सेवालाई आम नागरिकको हितमा निर्णय गरिएको बताउँदै स्वास्थ्यमन्त्री उत्तम भदौ एक गतेबाट पूर्ण रुपमा कार्यान्वयनमा ल्याउने बताए । मन्त्री जोशीका अनुसार १३ जिल्लाका अस्पतालका आठ सय बेड अब निशुल्क हुनेछ ।

प्रदेश मातहतका अस्पतालको वेड निशुल्क गर्ने भएको छ । प्रदेश सरकार अन्र्तगतका अस्पतालहरुमा आइसियु , एनआइसियु र क्याविन बाहेक अन्य शैया निशुल्क गर्ने निर्णय गरेको हो ।
त्यस्तै मन्त्रालयले बागमती प्रदेशका आयुर्वेद अस्पतालमा फिजियोथेरापी निशुल्क गर्ने भएको छ । हृदयघात र मस्तिकघातका विरामीका लागी फिजियोथेरापी सेवा निशुल्क गर्न लागिएको हो । मन्त्रालय माताहतका सरकारी , निजी , सहकारी , सामुदायीक अस्पतालमा सामाजिक सेवा इकाइ स्थापना गर्न निर्देशन दिइएको छ । असहाय, अपाङ्ग , विपन्न , वेवारिसे विरामीको उपचार सेवाका लागी सामाजिक सेवा इकाई अनिवार्य गर्न निर्देशन दिइएको मन्त्रालयका सुचना अधिकारी डा.रविन भुषालले बताउनुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>