चितवन विशेष

निःशुल्क पेन्सिल आर्ट प्रशिक्षण दोस्रो चरणमा प्रवेश

Banner

चितवन, साउन २८–

युवा तथा बालबालिकालाई लक्षित गर्दै लायन जीतबहादुर पिया व्यावसायीक तालीम केन्द्रद्वारा संचालीत ‘निःशुल्क पेन्सिल आर्ट प्रशिक्षण कार्यक्रम’को पहिलो चरण सम्पन्न भएको छ ।

नारायणगढ लायन्स क्लब र नारायणी कला मन्दिरको संयुक्त आयोजनामा प्रत्येक हप्ता शनिबारको दिन संचालित उक्त कार्यक्रम ५२ हप्ता (१ वर्ष) पार गरी ५३ औं हप्तामा संचालन भएपछि पहिलो चरणको कार्यक्रम समापन गरिएको हो । यस शनिबारदेखि दोस्रो चरणमा प्रशिक्षण सुरु भएको छ । नारायणगढ लायन्स र लायन जीतबहादुर पिया व्यावसायीक तालीम केन्द्रले सीपमुलक कार्यक्रमहरु गर्दै आइरहेको छ । बालबालिकाहरुको प्रतिभा प्रस्फुटनका लागि क्लवले पेन्सिल आर्ट कार्यक्रमको सुरुवात गरेको थियो ।

नारायणगढ लायन्स क्लबका अध्यक्ष लायन शान्त कुमार पिया र नारायणी कला मन्दिर नारायणगढका अध्यक्ष सुबिर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव ईन्टरनेशनल डिष्ट्रिक ३२५ आरका निवर्तमान डिष्ट्रक गभर्नर लायन सिद्धार्थलाल चुके प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा वर्तमान प्रथम डिष्ट्रिक्ट भाईस गर्भनर लायन दिनानाथ न्यौपाने, पूर्व गर्भनर लायन प्रभात कुमार जोशी, लायन बिनिता कोईराला नेपाल, जोन चियरफपर्सन लायन शरद मणि भट्टराई, निःशुल्क पेन्सिल आर्ट प्रशिक्षण कार्यक्रमका संयोजक लायन प्रशान्त कुमार पियालगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नारायणी कला मन्दिरका अध्यक्ष सुबिर श्रेष्ठले स्वागत मन्तब्य व्यक्त गरेका थिए भने लायन जीतबहादुर पिया व्यावसायीक तालिम केन्द्रले हालसम्म गर्दे आईरहेको काम र पेन्सिल आर्ट प्रशिक्षण कार्यक्रम बारे लायन प्रभात कुमार जोशीले प्रकाश पारेका थिए । कार्यक्रममा पेन्सिल आर्ट प्रशिक्षण कार्यक्रमका प्रशिक्षकहरु बरुणबाबु घिमिरे, प्रमेश कडेंल, सन्तोष श्रेष्ठ, सन्तोष खप्तरीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।
आगामि दिनमा रंगीन चित्रकला समेत सिकाइने कार्यक्रम संयोजक प्रशान्त कुमार पियाले जानकारी दिए ।

कार्यक्रममा उपस्थितहरुलाई नारायणगढ लायन्स क्लबका अध्यक्ष लायन शान्तकुमार पियाले धन्यवाद ज्ञापन गरेका थिए भने लायन सुरेश कुमार श्रेषठले कार्यक्रम संचालन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>