चितवन विशेष

होटल व्यवसायी संघ चितवनको अध्यक्षमा लोकनाथ, सचिवमा कृष्ण महतो चयन

Banner

चितवन, साउन २८–

होटल व्यवसायी संघ–चितवनको अध्यक्षमा लोकनाथ भट्ट (कृष्ण) निर्विरोध निर्वाचित भएका छन् । नारायणगढमा भएको २७औँ वार्षिक साधारणसभा तथा १३औं अधिवेशनबाट भट्टको नेतृत्वमा १२ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको हो ।

नयाँ समितिको उपाध्यक्षमा ऋषिकेश अर्याल, जनक पौडेल, यज्ञबहादुर कार्की, कमला गुरुङ निर्विरोध निर्वाचित भए । यस्तै महासचिवमा रामबहादुर गुरुङ, सचिवमा कृष्णकुमार महतो, कोषाध्यक्षमा राजकुमार श्रेष्ठ, सह–कोषाध्यक्षमा राजन श्रेष्ठ चयन भएका छन् । त्यसैगरि सदस्यहरुमा फणिन्द्र न्यौपाने, विकास गुरुङ र डोलबहादुर गुरुङ चयन भएका छन् ।

निवर्तमान अध्यक्ष केशव हड्खोलेको अध्यक्षतामा भएको अधिवेशनमा होटल व्यवसायी महासंघका अध्यक्ष दिनेश कुमार चुके, उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठ, प्रथम उपाध्यक्ष चिरञ्जिवी सुवेदी, तृतिय उपाध्यक्ष शिरिष पन्त, भरतपुर–२ का वडा अध्यक्ष मनोज पन्तलगायतको उपस्थिती थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>