Breaking News

मौसम प्रतिकूलले जहाज नउडेपछि भरतपुरमै रोकिए प्रधानमन्त्री प्रचण्ड

Banner

चितवन,साउन २८-

मौसमको खराबीका कारण जहाज नउड्दा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ चितवनमै रोकिएका छन्। शक्रबार भरतपुर आइपुगेका प्रधानमन्त्री दाहाल आइतबार (आज) बिहान फर्कने कार्यक्रम थियो । प्रचण्ड शनिबार भरतपुर महानगरपालिकाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए।

उनी आइतबार विहान ७ः३५ बजे बुद्ध एयरको जहाजबाट काठमाडौं फर्कने तयारी थियो। तर मौसम बिग्रिएका कारण जहाज उड्न नसकेको भरतपुरस्थित बुद्ध एयरका प्रमुख भक्तबहादुर बस्नेतले बताए। ‘विहान ८ः ५५ मा काठमाडौंबाट जहाज आइपुगेको थियो। तर खराब मौसमका कारण फर्कन सकेको छैन,’ बस्नेतले भने।’ उनले मौसममा सुधार हुँदै गएकाले केहीबेरमा जहाज उड्ने सम्भावना रहेको बताए। भरतपुरमा अहिले झरी परिरहेको छ। प्रधानमन्त्री दाहाल पारिवारिक भेटघाटका लागि भरतपुर आएका थिए। उनी शिवनगरस्थित निवासमा बसेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>